काठमाडौँ । आम जनता पार्टी (आजपा)ले अर्थमन्त्री डा प्रकाश शरण महतको राजीनामा माग गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा रहेको आजपाले आफूहरूको माग सुनुवाइ गर्न अर्थमन्त्रीले चासो नदेखिएका चर्को नाराबाजीसहित राजीनामा माग गरेका हुन् ।
आजपाले आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको छ । कानुन संशोधनको माग गर्दै आन्दोलन सुरु भएको झन्डै ४ महिना पुगिसकेको तथा पछिल्लो पटक ६ दिनदेखि भन्सार विभाग घेराउ गर्दासमेत सरकारले मागको सुनुवाइ नगरेको प्रति अध्यक्ष प्रभु साहले आक्रोश पोखे ।
आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए आइतबारदेखि आन्दोलन थप कडा बनाइने आजपाको भनाइ छ । विभागमा आज धर्ना दिन पुगेका आजपाका नेता कार्यकर्ताले अर्थमन्त्रीको राजीनामाको माग सहित चर्को नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो, को कहाँ ?
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने