विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् । मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’
उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मोरङको पथरी शनिश्चरेको सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड