काठमाडौं। काठमाडौं महानगरपालिकाले क्रिसमसका नाममा विद्यार्थीहरूलाई त्यसम्बन्धी कपडा खरिदका लागि बाध्य नपार्न विद्यालयहरूलाई अनुरोध गरेको छ ।
नजिकिँदो क्रिसमसका अवसरमा विद्यालयहरूले त्यससम्बन्धी पोशाक खरिदका लागि अभिभावकलाई बाध्य पारेको गुनासो आएपछि महानगरले क्रिसमसबारे नाम उल्लेख कारबाहीको चेतावनी समेत दिएको छ ।
'काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ ।
कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानूनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ,' महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।
पछिल्लो समय निजी स्कूलहरूले विभिन्न चाडपर्वमा त्यससम्बन्धी पोशाक खरिद गरेर ल्याउन निर्देशन दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
डोल्पाका स्थानीय तह काठमाडौं महानगरसँग जोडिँदै