श्रीलङ्काका विदेशमन्त्री साब्री भोलि नेपाल आउने

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, २१ : २८
श्रीलङ्काका विदेशमन्त्री साब्री भोलि नेपाल आउने

काठमाडौँ । श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अलि साब्री नेपाल आउने भएका छन् । साब्री चारदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ आउने भएका हुन्।परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन लागेको हुन् । 

नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौँमा हुँदै छ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्ने छन् । 

बैठकमा नेपाल-श्रीलङ्का सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने छ । 

प्रतिक्रिया दिनुहोस