एमाले पूर्व सांसद शाह राप्रपा नेपालमा प्रवेश

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, २० : १७
एमाले पूर्व सांसद शाह राप्रपा नेपालमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्द विक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेका राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

शाहले जाजरकोट जिल्लाका तत्कालीन निर्वाचित जिबिस सभापति,निर्वाचित सांसद,राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेवारी निर्वाह गरेका थिए। शाहलाई स्वागत गर्दै पार्टी अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन बिना अवस्था परिवर्तन नहुने बताए। नब प्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस