जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : उपमहासचिव गुरुङ

सफल खबर संवाददाता

शनिबार, ३० मंसिर २०८०, १४ : ०६
जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताए ।

एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए। उनले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गर्नुभयो । उहाँले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए ।

उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए। उनले राजनीतिक रुपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताए । एमाले पहिचानबिरोधी होइन, एमाले पहिचानबिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ ।

प्रतिक्रिया दिनुहोस