अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, ०७ : ४६
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट

काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँट भएको छ । ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँड गरिएको हो ।

नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एक शेयर बराबर एक शेयर (१ः१) का दरले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १०,५९,००,००० कित्ता हकप्रद साधारण शेयर शेयरधनीहरुलाई निष्कासन तथा बिक्री खुला गरिएको थियो ।

कूल ६,४३,२९३ जना कायम साधारण सेयर धनीहरूबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना सेयर धनीहरूबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना सेयर धनीहरूले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेका थिए ।