सेती नदीको बाँध खोल्दा भेटियो बेपत्ता युवकको शव

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, २१ : २१
सेती नदीको बाँध खोल्दा भेटियो बेपत्ता युवकको शव

काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन भएका तनहुँका सङ्गम मिश्रको शव भेटिएको छ ।

आज बिहीवार सेती नदीको बाँध खोलेर खोजी गर्दा १९ वर्षका मिश्रको शव पोखरा उपमहानगरपालिका-३ नदीपुरमा भेटिएको कास्की प्रहरीले बताएको छ । मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन भएका थिए

जिल्ला प्रहरी कार्यालयले सेती नदीको बाँध खोल्न लागेको जानकारी दिँदै नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस