लोसपाको केन्द्रीय समितिको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १२ : ५१
लोसपाको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झाको बहिष्कारबिच लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक महतोले बहिष्कार गरेका हुन् । 

गत असोज ८ गते सो पार्टीको ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेपछि यो पहिलो बैठक हो । पदाधिकारीसहित सार्वजनिक केन्द्रीय समितिप्रति वरिष्ठ नेता महतो र झा असन्तुष्ट थिए । मधेस आन्दोलन तथा पार्टीमा योगदान दिएका थुप्रै नेताहरूलाई केन्द्रीय समितिमा नराखेको भन्दै नेता महतो र झाले असन्तुष्टि जनाउँदै आएका थिए । खास गरी महतो निकटका थुप्रै नेताहरू केन्द्रीय समितिमा परेका छैनन् । उनले बैठकमा सो विषयमा पनि कुरा उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस