दुई किलो सुन प्रकरणमा १ जना चिनियाँ नागरिक पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १२ : १८
दुई किलो सुन प्रकरणमा १ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले  बताए ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ छन् । बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्स बाट सुन बरामद गरेको हो ।

रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना बिहीबार राति नै पक्राउ परेका थिए । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल छन् ।

प्रतिक्रिया दिनुहोस