नवराज सिलवालको फाइल खोजी

पत्रपत्रिकाबाट

सोमबार, १० पुस २०७४, ०७ : ३५
नवराज सिलवालको फाइल खोजी

काठमाडौं । तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) फाइलको खोजी सुरु भएको छ ।

किर्ते छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग सक्कल कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ

परिसरले आयोग, मन्त्रालय र कार्यालयलाई आइतबार लाहाछाप लगाइएको सिलबन्दी कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस