ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १५ : ३९
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ढकाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

 बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।  चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुन् ।   

ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनको नेतृत्वमा आगामी दिनमा बैंक थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस