दुग्ध किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउन महासङ्घको माग

रासस

विहीबार, २१ मंसिर २०८०, १४ : ५६
दुग्ध किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउन महासङ्घको माग

काठमाडौँ । दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन अखिल नेपाल किसान महासङ्घले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महासङ्घले दुग्ध उत्पादक किसानले भुक्तानी नपाउने अवस्था बन्नु दुःखद भएको जनाएको हो ।

देशभरका किसानहरूले झण्डै ६ महिनादेखि दुग्ध बिक्री गरेको ६ अर्ब रुपैयाँ रकम नपाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ । दूधको भुक्तानी नपाउँदा झण्डै ३० लाख किसान परिवार आश्रित रहेको दुग्ध उत्पादन व्यवसाय निरुत्साहित हुने महासङ्घले जनाएको छ । ‘किसानहरूले कष्टसाध्य जीवन निर्वाह गर्दै उत्पादन र बिक्री गरेको दूधको करिब ६ अरब रुपैयाँ बराबर रकमको भुक्तानी विगत ६ महिनादेखि रोकिएको विषयले अखिल नेपाल किसान महासङ्घ(क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको छ,’ महासङ्घले भनेको छ ।

किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को रहेको र आधा निजी क्षेत्रका डेरीहरुको भएको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस