चुहावट र सेवा सुधार ल्याउने कुलमानको मुख्य लक्ष्य

पत्रपत्रिकाबाट

सोमबार, १० पुस २०७४, ०७ : २९
चुहावट र सेवा सुधार ल्याउने कुलमानको मुख्य लक्ष्य

काठमाडौं । विद्युत् प्राधिकरणले विभिन्न वितरण केन्द्रमा भइरहेको विद्युत् चुहावट नियन्त्रण गर्न र प्रवाह गर्ने सेवामा सुधार ल्याउन छुट्टै कार्य सम्पादन सेवा सुरु गरेको छ। प्राधिकरणले पहिलो चरणमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा अन्तर्गतका कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु गरेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहक तथा वितरण सेवा निर्देशनालयअन्तर्गत विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख बज्रभूषण चौधरीसँग शनिबार कार्य सम्पादन सम्झौता गरेका छन्।

प्रतिक्रिया दिनुहोस