खतरातर्फ उपत्यकाको मानवजीवन: वायु खतरनाक, २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त

पत्रपत्रिकाबाट

सोमबार, १० पुस २०७४, ०७ : २६
खतरातर्फ उपत्यकाको मानवजीवन: वायु खतरनाक, २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त

उपत्यकामा तापक्रम घटेसंगै वायु प्रदुषण थप बढेको छ । सरकारी मापदण्डभन्दा वायु प्रदुषण दर पाँच गुणा बढेको छ ।

उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ ।,

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ, विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदूषणको दर एक सय ४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ ।

यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी । केही दिनयता काठमाडांै उपत्यकाको तापक्रम २ डिग्री सेल्सियससम्म झर्दा वायु प्रदूषण ह्वात्तै बढेको देखिन्छ।

स-साना धुलोका कणबाट प्रदूषण बढ्नुमा सवारीसाधन नै जिम्मेवार भएको पाइएको छ । ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार छन् ।

उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिँडडुल गर्नु आफैं खतरा निम्त्याउनु हो । स-साना धुलोको कण फोक्सो हँुदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ।

प्रतिक्रिया दिनुहोस