चितवनमा हामीले पाएको मत ‘क्रान्ति’को सन्देश : रवि लामिछाने (पूर्णपाठसहित)

सफल खबर संवाददाता

विहीबार, १४ मंसिर २०८०, ११ : १६
चितवनमा हामीले पाएको मत ‘क्रान्ति’को सन्देश : रवि  लामिछाने (पूर्णपाठसहित)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको कन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले आफ्नो प्रतिवेदन पेश गरेका हन् ।

लामिछानेले आफ्नो प्रतिवेदनमा पार्टीमा अवसर नपाएर रास्वपामा आउनेहरूको प्रवृत्तिगत विश्लेषण समेत प्रतिवेदनमा गरेका छन् । अधिकांश व्यक्तिहरू इमानदार र निष्ठावान् भए पनि केही आफ्नो पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको लामिछानेले उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ ‘पुराना राजनीतिक दल छोडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरूमध्ये अधिकांश असल, इमान्दार र निष्ठावान् छन् । तर, केही पूर्वपार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ । अर्कोतर्फ, अन्यत्र उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर र नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ । यसो भनिरहँदा, जुनसुकै पार्टीबाट आएका असल साथीहरूको निष्ठामा ठेश नलागोस्, मानमर्दन नहोस् भन्ने कुरामा म सचेत छु । हामी ‘संगठित पार्टी र योग्य सदस्य’को अवधारणामै अगाडि बढ्नु पर्छ’ ।

उनले रास्वपाले गत निर्वाचनमा चितवनमा पाएको ७५ प्रतिशत मतलाई क्रान्तिको सन्देश भनेका छन् । ‘चितवनको निर्वाचन क्षेत्र नं २ मा हामीले ७५ प्रतिशत मत पायौं । त्यसले अहिलेकै निर्वाचन प्रणालीमा पनि एउटै दलले दुई तिहाइ बहुमत ल्याउन सम्भव छ भन्ने संकेत चाहिँ गर्छ । कुनै एउटा दलले दुई तिहाइ बहुमत ल्याउँदा अहिलेका विकृति विसंगति नियन्त्रणसहित नागरिकका आकांक्षा पूरा गर्ने गरी सबै किसिमका परिवर्तनको ढोका खोल्न सकिन्छ नै ’।

‘यो देशमा पटकपटक राजनीतिक आन्दोलन भए । मानिसको रगत बग्यो । कैयौं सहिद भए । तर, २०७९ को संघीय निर्वाचनमा चितवनले प्रचलित क्रान्तिको परिभाषा नै बदलिदियो । विगतका क्रान्तिहरूमा अनुहारमा आक्रोश र हातमा ढुंगा मुढा, हतियार हुने गर्थे । तर ूचितवन क्रान्तिू मा अनुहारमा मुस्कान र हातमा फूल थिए । यसरी चितवनवासीले ‘लाल’ होइन ‘निलो क्रान्ति’ गरिदिए । चितवनले राजनीतिमा नवीन परिवर्तनको बाटो देखाइदियो । त्यसको सन्देश देशव्यापी हुँदा पार्टी स्थापनाको करिब ६ महिनामैं हामी मुलुकको चौथो राजनीतिक शक्ति भयौं । हामीले विश्वास र अभ्यास गर्ने चितवन मोडेलको आन्दोलन हो । र, चितवनले स्थापित गरेको ‘निलो क्रान्ति’ को मोडेल देशव्यापी बनाउने चुनौतीमै निहित हुने छ हाम्रो आउँदो यात्रा’ । उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस