राजपत्र अनङ्कित द्वितीय श्रेणी र खरिदारलगायतका कर्मचारीको सरुवा फागुनसम्म स्थगित

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १६ : ३८
राजपत्र अनङ्कित द्वितीय श्रेणी र खरिदारलगायतका कर्मचारीको सरुवा फागुनसम्म स्थगित

काठमाडौं। ​राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको कर्मचारीको सरुवा २०८० फागुनसम्म स्थगित गरिएको छ ।​

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंसिर ११ गतेको निर्णय अनुसार २०८० फागुन सम्म कुनै पनि निकायमा ती पदका कर्मचारीहरूको सरुवा/पदस्थापन नगर्न नगराउन  सबै निकायमा मन्त्रालयले परिपत्र गरेको हो ।

बढुवा सूचना प्राकाशित हुनुभन्दा तत्काल अगाडि ती कर्मचारीलाई सरुवा गरी पठाउँदा लामो समय देखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भनी सरुवा नगर्न मन्त्रालयले परिपत्र गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस