कांग्रेस रूपन्देही सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १० : ३८
कांग्रेस रूपन्देही सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

बुटवल। नेपाली कांग्रेस रूपन्देहीको जिल्ला आज (मंगलबार) भैरहवामा हुँदैछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस रूपन्देही सभापति रामकृष्ण खाणले जानकारी दिए । 

 

पार्टी कमिटीहरूको नेतृत्व परिवर्तनपछि प्रत्येक वर्ष कांग्रेसले सबै तहका सम्मेलन गर्ने गर्छ । सोही बमोजिम जिल्ला समितिको सम्मेलन हुन लागेको हो ।

‘सम्मेलनमा जिल्ला समितिका गतिविधि, आगामी योजना, संगठन निर्माण र अहिलेसम्म भएका कामको समीक्षा गरिने छ’, सभापति खाणले भने, ‘यसले पार्टीको आन्तरिक जीवनलाई सुदृढीकरण गर्नुका साथै आम जनताको भरोसा योग्य पार्टी बनाउन थप मद्दत गर्छ ।’

 

सम्मेलनअघि कांग्रेसले वडा, गाउँ तथा नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, क्षेत्रीय सम्मेलन गरिसकेको छ । यी कमिटीबाट ३४५ प्रतिनिधि, पार्टीका शुभेच्छुक तथा शुभचिन्तक सम्मेलनमा सहभागी हुने सभापति खाँणले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले सम्मेलनले पार्टी जीवनलाई गतिशील बनाउने जनाए । उनले आन्तरिक लोकतन्त्र बलियो बनाउन र गाउँ तथा टोलहरूमा जनताका आवाज सुन्न सम्मेलनले भूमिका खेल्ने जनाए ।

‘कांग्रेस सधैं लोकतन्त्रको पक्ष छ, जनजीविकाका सवालमा दृढ छ’, उनले भने, ‘त्यसैले पार्टीको आन्तरिक गतिविधि पनि बढाउँदै अघि बढ्नुपर्छ ।’कांग्रेस केन्द्रीय सदस्य भरतकुमार शाहले सबै तहमा सम्मेलन हुँदै अन्तिममा केन्द्रीय सम्मेलन हुने भएकाले यो निकै महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस