क्यानडाका लागि सिफारिस राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, १४ : ३०
क्यानडाका लागि सिफारिस राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले आइबारदेखि पौडेलको सुनुवाई सुरु गरेको हो ।

हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई कार्तिक ३ मा बसेको मन्त्रिपरिषद् वैठकले क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । पौड्याले यही मंसिर २० मा अवकाश पाउँदैछन् ।

पौड्यालविरुद्व समितिमा उजुरी परेको छ । सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको भन्दै पौड्यालविरुद्ध उजुरी परेको हो । यसैगरी परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै मन्त्रिपरिषदेको निर्णय फिर्ता लिनुपर्ने माग सहित उजुरी परेको हो ।

प्रतिक्रिया दिनुहोस