एनएसएलमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, ०९ मंसिर २०८०, १० : ३५
एनएसएलमा आज दुई खेल हुँदै

File pic

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) दुई खेल हुँदैछन्। 

आजको पहिलो खेलमा पोखरा थन्डर्स र एफसी चितवन आमने सामने हुनेछन्। त्रिपुरेश्रस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। 

आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी भिड्नेछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

लिगमा पहिलो खेल खेल्न लागेका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। 

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु प्रतियोगितामा साविक विजेता काठमाडौँ रेजर्सले भने सुखद सुरुआत गरेको छ। 

शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौँले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई १–० गोल अन्तरले हराएको थियो। 

पहिलो सिजनका ६ सहित ९ टोली सहभागी लिगमा कुल ४० खेल हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस