तीनकुनेमा युवा संघले निकाल्यो मसाल जुलुस

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, २० : ३२
तीनकुनेमा युवा संघले निकाल्यो मसाल जुलुस

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मंगलवार साँझ काठमाडौँको तीनकुनेमा मसाल जुलुस प्रदर्शन गरेको छ। संघले मंसिर ७ गते काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेको हो।

मसाल जुलुसको नेतृत्व युवा संघका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका छन्। जुलुसमा सहभागीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नाराबाजी गरेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम ठाउँ र मितिसँग युवा संघको कार्यक्रम जुधेपछि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस