कुमारी बैंकद्वारा जुम्लामा शाखा सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १४ : १६
कुमारी बैंकद्वारा जुम्लामा शाखा सञ्चालन

काठमाडौं। कुमारी बैंक लिमिटेडले जुम्लामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा यही मंसिर ४ गते सोमवारबाट शाखा सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ ।

शाखा विस्तारसँगै उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई बैंकिङ कारोबारमा सहजता हुने बैंकको विश्वास छ ।बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना अघि सारेको छ ।

 

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर रहेका ३०९ शाखा छन् ।साथै बैंकले ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरू मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस