पवित्र धार्मिकस्थल देवघाटमा प्राचिन कलात्मक ढुङ्गे धारा निर्माण, मेयर दाहालद्धारा उद्घाटन

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, ११ : ०९
पवित्र धार्मिकस्थल देवघाटमा प्राचिन कलात्मक ढुङ्गे धारा निर्माण, मेयर दाहालद्धारा उद्घाटन

भरतपुर । पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरिन् । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाडौँपछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको दाबी गरिन्। ढुङ्गे धारा निर्माण स्थललाई आर्कषक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा बताइन् ।महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आईरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्ती, शवदाह गृह लगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भईरहेको बताइन् ।

खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाईपबाट सो स्थानमा पानी ल्याईएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताए ।धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी दिए । भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताइन् ।

भरतपुरको आँपटारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पुरा गर्न मौलिकशैलीकै प्रचिन ढुङ्गे निर्माण गरिएको प्रचिन ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस