कुमारी बैंकले ल्यायो ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ योजना

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १३ : ४५
कुमारी बैंकले ल्यायो ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ योजना

काठमाडौं। कुमारी बैंक लिमिटेडले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारीको ‘क्यासब्याक अफर’ले तिहार र छठको हर्षोल्लास थपिने बैंकको विश्वास छ ।

यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत तथा अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।​क्यासब्याक रकम पीओएस, क्यूआर पेमेन्ट, तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।​

 

 

चाडबाडको यस अवसरमा खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप सार्वजनिक गरिएका उक्त सुविधाहरू आगामी कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।​बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने बैंकले प्रतिबद्धता जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस