टी–२० विश्वकप छनोटमा अर्ना बियरको पुरस्कारः १ रन हान्ने नेपाली खेलाडीलाई १ हजार

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १४ : ४८
टी–२० विश्वकप छनोटमा अर्ना बियरको पुरस्कारः १ रन हान्ने नेपाली खेलाडीलाई १ हजार

काठमाडौं। अर्ना वियरले टी–२० क्रिकेट विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

 

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा पनि चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

 

टी–२० विश्वकपको एसिया छनोट सोमवारदेखि काठमाडौंमा शुरू भएको छ ।घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटको फराकिलो अन्तरले हराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस