एसियाली खेलकुदमा काँस्य विजेता कप्तान राजवंशी सम्मानित

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, २१ : ११
एसियाली खेलकुदमा काँस्य विजेता कप्तान राजवंशी सम्मानित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय  संस्थाले राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई सम्मान गरेको  छ ।  १९ औँ एसियाली खेलकुदको काँस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई  जीवन विकास लघुवित्त वित्तीय संस्थाले ५१  हजार रुपैयाँसहित सम्मान गरेको हो ।

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको संस्थाले जहदा गाउँपालिकाकी स्थायी बासिन्दा राजव‌ंशीले खेल क्षेत्रबाट राष्ट्रका लागि योगदान दिएका कारण सम्मान गरेको जनाएको छ । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र  जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ  क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको नगद तथा सम्मान पत्र  प्रदान गरे । 

सोही  क्रममा लघुवित्त वित्तीय संस्थाले युवाहरूसँग वित्तीय साक्षरता र उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा  मुख्यमन्त्री केदार कार्की, प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल, प्रदेशसभा सदस्य गयानन्द मण्डल, जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डललगायत स्थानीय क्लबका युवाहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस