प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, १४ : ५०
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो । 

दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ ।यसअघि गुटरेसले आइतबार नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस