सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १८ : ५८
सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै गएको मंगलबारदेखि कार्यभार सम्हालेका सार्क सचिवालयले शनिबार जनाएको छ ।

उनी सार्कको १५औँ महासचिव हुन् । उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमान, स्वीडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् ।

उनले क्वालालम्पुर, काठमाडौँ, यांगुन र वासिङटन डीसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् । सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् । 

प्रतिक्रिया दिनुहोस