पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०५ कार्तिक २०८०, १९ : २५
पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप वैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार चालकलाई उद्धार गरी अस्पताल पठाइएको छ । 

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । दुर्घटना अप्ठ्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस