भारतको चेतावनी पछि क्यानडाद्वारा ४१ जना कूटनीतिज्ञ फिर्ता

एजेन्सी

शुक्रबार, ०३ कार्तिक २०८०, १४ : २२
भारतको चेतावनी पछि क्यानडाद्वारा ४१ जना कूटनीतिज्ञ फिर्ता

काठमाडौँ । क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ। बिबिसीका अनुसार भारतले चेतावनी दिएपछि क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो।

क्यानडाका विदेश मन्त्री मेलानी जोलीले भारतमा सुरक्षाको विषय उठेपछि २१ जना क्यानेडेली कूटनीतिज्ञ बाहेक बाँकी सबैलाई फिर्ता बोलाइएको पुष्टि गरेकी छन्। मेलानीले भनिन्, ‘भारतमा काम गरिरहेका ४१ कूटनीतिज्ञ र उनको परिवारका ४२ जनाको सुरक्षा समाप्त भएको छ। जसले गर्दा उनीहरूलाई खतरा उत्पन्न हुन सक्छ। त्यसकारण भारतबाट फिर्ता बोलाइएको हो।’

भारतमा काम गरिरहेका कूटनीतिज्ञलाई फिर्ता बोलाए पनि त्यसले भारतस्थित क्यानेडेली दूतावासको कामकाजमा कुनै असर नगर्ने जोलीले प्रस्ट पारेकी छन्।

प्रतिक्रिया दिनुहोस