राष्ट्र बैङ्कले १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, १३ : ५२
राष्ट्र बैङ्कले १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज शुक्रवार १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले कात्तिक १० गते जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने र ३६४ दिने गरी चार किसिममा कूल १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।

तथापि, केन्द्रीय बैङ्कले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४९ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैङ्कले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रवार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।यसअघि केन्द्रीय बैङ्कले असोज २९ गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

प्रतिक्रिया दिनुहोस