मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना ९० मेगावाट पीपीए सम्पन्न

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १५ : ०७
मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना ९० मेगावाट पीपीए सम्पन्न

काठमाडौँ । ९० मेगावाट क्षमतामा मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरे ।

प्राधिकरण र कम्पनीबीच आयोजनाको विद्युतप्रति युनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद बिक्री सम्झौता भएको छ । यस आयोजनाको हिउँदमा १८४.६७ मेगावाट र ३७७.९३ मेगावाट उत्पादन हुन्छ । यस आयोजना आरकोड डेट २०८६ साल वैशाख २२ गते रहेको छ ।

सोही समयसम्म आयोजना विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए ।आयोजनाको ईआईए अध्ययन भई अन्तिम चरणमा रहेको छ। आयोजनाको वित्तीय व्यवस्थापनको लागि नेपाली बैक तथा वैदेशिक लगानीको लागि लगानीकर्ताहरुसँग आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।

आयोजनाको निर्माण कार्य यस समूहको निमाणधिन सेती खोला जलविद्युत आयोजनाको निर्माण २२ मे वा आगामी वैशाखभित्र सम्पन्न गरिकेपछि अगाडि बढाउने कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस