कांग्रेस परित्याग गरेका कार्की बने राप्रपा नेपालको केन्द्रीय महामन्त्री

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १४ : ४२
कांग्रेस परित्याग गरेका कार्की बने राप्रपा नेपालको केन्द्रीय महामन्त्री

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ । कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए ।

कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन् । ‘उहाँलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको छ । उहाँको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास लिएको छु’, थापाले कार्कीलाई स्वागत गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस