छोरीलाई होईन, छोरालाई नियन्त्रण गर (फोटोफिचर)

सुरेन कुँवर

शुक्रबार, ०८ भदौ २०७५, १३ : ३१
छोरीलाई होईन, छोरालाई नियन्त्रण गर  (फोटोफिचर)

चितवन । यौनजन्य हिंसा विरुद्ध शुक्रबार चितवनमा बृहत ¥याली निस्किएिको छ । महिला हिंसा विरुद्ध  जिल्लामा काम गर्ने संघ संस्था , आमा समुह ,नागरिक समाजका अगुवा र विद्यार्थीहरुले संयुक्त रुपमा ¥याली निकालेका हुन् । तर यस पटकको ¥याली भने फरक थियो । ¥यालीमा कुनै नाराबाजी थिएन् । मौन रुपमा निक्लिएको ¥यालीमा अबको गन्तव्य यौनजन्य हिंसाको अन्त्य , छोरीलाई होईन, छोरालाई नियन्त्रण गर, म हिंसा गर्दिन हिंसा पनि सहन्न ,असल पुरुषले बलत्कार गर्दैन् लगाएतका नारा अंकित पेले कार्ड बोकेका थिए । भरतपुर महानगरपालिकाबाट निस्किएको ¥याली जिल्ला प्रशसान कार्यालयमा पुगेर सकिएको थियो । यौनजन्य हिंसा विरुद्ध चितवनको साझा अभियानले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री ,गृहमन्त्री ,प्रदेश नं. ३ का मुख्यमन्त्री  ,कानुन मन्त्राल तथा महिला तथा बालबालिका कार्यालय हेटौडालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत आजै सम्बन्धी मन्त्रालयमा ज्ञापनपत्र पठाउने जानकारी दिनुभयो । महिला हिंसा भएमा छिटो छिटोभन्दा कानुनी निकायसम्म खबर गर्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो । अभियानमा चितवनका ५० भन्दा बढि संघ संस्थाको सहभागिता रहेको कार्यक्रमकी सह संयोजक संगिता भट्टराईले जानकारी दिनुभयो ।

यो पनि
बलात्कारको विरुद्धमा उत्रिए चितवनका महिलाहरु (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस