उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १३ : २८
उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

काठमाडौं। बेइजिङ–जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ आइपुेका छन् । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू युउनले स्वागत गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । मंगलवार उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ ।

वाङ चिनियाँ कम्युनिस्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर हुन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलवार नै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने । 

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछन् । उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।

यसैगरी उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यहाँ रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस