काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान उपाध्यक्ष आरके शर्माले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) रहेका छन् ।
एनआरएनएको मनोनयन दर्ताको समय शनिबारसम्म रहेको छ । शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए । तर, उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो । शर्माको टीमका अन्य उम्मेदवारहरुले भने शनिबारमात्रै उम्मेदवारी दर्ता गराउनेछन् । शर्मा शनिबार चितवन सेवा समाजको कार्यक्रमका लागि चितवन जानुपर्ने भएकाले हतारमा आजै दर्ता गराइएको बताइएको छ ।
शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा