शून्य लागतमा श्रमिक लैजान जर्मनीसँग सम्झौता

पत्रपत्रिकाबाट

बुधबार, २४ असोज २०८०, ०७ : ५५
शून्य लागतमा श्रमिक लैजान जर्मनीसँग सम्झौता

काठमाडौं । जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ ।

 जर्मनीमा   मङ्गलबार   भएको   एक   औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरत्सिंह भण्डारी  र  जर्मनी  सरकारको  तर्फबाट  त्यहाँको  मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबिच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले गएको शुक्रबार व्मात्र द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । श्रम   समझदारी   अनुसार   जर्मनीमा   रोमानियामा जसरी श्रम स्वीकृति नभई अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस