काठमाडौ । हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना वडाध्यक्षसहित नौं जना घाइते भएका छन्।
आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहे तर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए।
दुर्घटनामा सिमकोट–२ का वडाध्यक्ष देवजंग बोहरा, सिमकोट ३ का वडाध्यक्ष पामा लामासमेत घाइते भएका छन्।
दुर्घटनामा वडाध्यक्ष लामाको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अर्का वडाध्यक्ष बोहराको अवस्था भने सामान्य छ।
दुर्घटनामा सिमकोट ३ का ध्रुव शाही, मालती भण्डारी, योजना ऐडी, मुटुव लामा, बाँसबहादुर भण्डारी, बालक सन्देश भण्डारी र गाडी चालक बालकृष्ण रावत घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते
बन्दीपुरमा ट्रक पल्टिँदा दुई जना घाइते
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते