काठमाडौ । हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना वडाध्यक्षसहित नौं जना घाइते भएका छन्।
आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहे तर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए।
दुर्घटनामा सिमकोट–२ का वडाध्यक्ष देवजंग बोहरा, सिमकोट ३ का वडाध्यक्ष पामा लामासमेत घाइते भएका छन्।
दुर्घटनामा वडाध्यक्ष लामाको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अर्का वडाध्यक्ष बोहराको अवस्था भने सामान्य छ।
दुर्घटनामा सिमकोट ३ का ध्रुव शाही, मालती भण्डारी, योजना ऐडी, मुटुव लामा, बाँसबहादुर भण्डारी, बालक सन्देश भण्डारी र गाडी चालक बालकृष्ण रावत घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला