सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १४ : २६
सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो  : सांसद घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताएका हुन् ।

उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको नीति अवलम्बन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको बताए । 

 

सांसद घिमिरेले निजी र सरकारी क्षेत्रको बिचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोसिस गरिएको बताए । उनले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए ।

 

सांसद घिमिरेले देशको आर्थिक विकासका लागि निजी क्षेत्र प्रवेश गर्न नचाहने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताए । उनले कुशासन र भ्रष्टाचारको समूल नष्ट गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस