बागलुङमा जिप पल्टिँदा ७ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, ०९ : १४
बागलुङमा जिप पल्टिँदा ७ जना घाइते

काठमाडौ । बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

बागलुङ गलकोटको हटियाबाट ताराखोला जाँदै गएको ग १ज ६५४० नम्बरको बोलेरो जिप बिहीबार दिउँसो ताराखोला गाउँपालिका–३ मन्यौला भन्ने ठाउँमा दुर्घटना हुँदा सात जना घाइते भएका जिल्ला प्रहरुी कार्यालय बागलुङले जनाएको छ। 

जिप सडकबाट झण्डै २५ मिटर तल खसेर दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस