एमाले अध्यक्ष केपी ओलीको गुनासो– प्रदेश अधिवेशनलाई लिएर गलत प्रचारबाजी भयो

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १४ : ५१
एमाले अध्यक्ष केपी ओलीको गुनासो– प्रदेश अधिवेशनलाई लिएर गलत प्रचारबाजी भयो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनलाई लिएर विपक्षीले गलत प्रचार गरेको आरोप लगाएका छन् ।विराटनगरमा प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमाथि घेराबन्दी भइरहेको बताएका हुन् ।​

विरोधीहरूले एमाले विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको जिकिर छ ।कोशीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र आफ्नो समूहबीच गुटगत प्रतिस्पर्धा भएको भन्ने विषयलाई लक्षित गर्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ओलीले पार्टीभित्रका मधुकैटवले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले कांग्रेसको पाउमा पुगेको बताए ।नेकपाकालमा एउटै पार्टीमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई ओलीले मधुकैटव भन्ने गरेका छन् ।उनले पार्टीका नेताहरू आपसमा लड्नुपर्ने कुनै कारण नभएको भन्दै मिलेर विरोधीसँग लड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस