महिला भलिबल : नेपाल भारतसँग पराजित

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १२ : ४३
महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३-१ सेटले पराजित भएको हो । खेलको पहिलो सेट २५-२३ ले गुमाएको नेपालले दोस्रो खेल २६-२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो ।

खेलको तेस्रो सेटमा नेपालले पुनः २५-२३ बनायो भने चौथो सेटमा भारतले २५-१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस