मेलम्ची नदीमा आएको बाढीले बगायो अस्थायी पुल र सडक

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १० : १२
मेलम्ची नदीमा आएको बाढीले बगायो अस्थायी पुल र सडक

File pic

काठमाडौ । लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ। 

गएराति आएको बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो।

पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए।

त्यस्तै  बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले  जानकारी दिए।

प्रतिक्रिया दिनुहोस