सप्तरीबाट १ सयवटा वाकिटकी बरामद

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १६ : २७
सप्तरीबाट १ सयवटा वाकिटकी बरामद

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट एक सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । करिब ८ लाख रुपैयाँ बराबरको वाकिटकी बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए ।

 

भारतबाट अवैध तरिकाले काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी छिन्नमस्ताबाट खटिएको टोलीले सो वाकिटकी बरामद गरेको हो । सञ्चार सेट ल्याउँदै गरेको आरोपी सशस्त्रको गस्ती टोलीलाई देखेपछि भागेका थिए ।

प्रतिक्रिया दिनुहोस