काठमाडौं । नेकपा माओवादी केन्द्रले चाडपर्वको बेला बढेको महँगीमा उपभोक्तालाई राहत र सुविधा दिन सरकारको ध्यानाकर्षण गराएको छ । बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिको आइतबार बसेको संयुक्त बैठकले महँगीको मारमा परेका जनतालाई राहत तथा सुविधा दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, मट्टीतेल र पेट्रोलमा गएरातिदेखि लागु हुने गरी अत्यधिक मूल्य वृद्धि गरेपछि सरकारको आलोचना भइरहेको बेला बागमती प्रदेश कमिटीका इन्चार्ज जनार्दन शर्माले तीन वटा कमिटीको संयुक्त बैठक बोलाएका थिए । बबरमहलस्थित बागमती प्रदेश कमिटीको कार्यालयमा बसेको बैठकमा सहभागीहरुले पेट्रोलियम पदार्थको बेला भएको मूल्यवृद्धिको फिर्ता लिन पहल गर्नुपर्ने धारणा राखेका थिए । आजै बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता शर्माले महँगीमा राहत दिनुका साथै हवाई र सडक यातायातको टिकटमा सहजीकरणको लागि पनि सरकारको आग्रह गर्ने निर्णय पार्टीका तीन कमिटीको संयुक्त बैठकले गरेको छ ।
यसैगरी दशैं तिहारका लागि लामो दुरीको यात्रा गर्ने यात्रु तथा सवारी चालकहरुको सुविधाका लागि सडकका खाल्डाखुल्डीहरु पुरेर सहज रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि माओवादीले सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड