बुटवल। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रूपन्देही इन्चार्ज गणेशमान पुनले संघीयताको व्यापक सुदृढीकरण आवश्यक देखिएको बताएका छन् ।मुलुकको क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न बनेका प्रदेश संरचनाहरूको भूमिका धेरै कमजोर देखिएको उनको भनाइ छ ।
माओवादी केन्द्रको तीन महिना विशेष रूपान्तरण अभियानअन्तर्गत रूपन्देहीमा खटिएका पूर्व आपूर्तिमन्त्रीसमेत रहेका पुनले यस्तो बताएका हुन् ।‘संघीयता डाइभरसीटीलाई हल गर्न बनेको हो । तर यसले कुनै नयाँ ‘फेलेभर’ दिन सकेन ।
त्यसैले धेरै पुनःसंरचना आवश्यक देखियो,’ आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले भने, ‘अहिले नै संघीयता असफल भयो भन्न मिल्दैन । प्रदेशले लिडरसीप देखाएनन् ।’ तीन महिने पार्टी सुदृढीकरण अभियानले जनतासँगको बिग्रिएको सम्बन्धनलाई सुमधुर बनाउने नेता पुनको भनाइ छ ।
जनतामा भएको निरासालाई आत्म आलोचनासहित अब रूपान्तरण गर्दै अघि बढने माओवादीले संकल्पका साथ अघि बढेको उनले बताए ।भूमि समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शिक्षासहित समग्र जिल्लाको विकासका विषयमा विभिन्न छलफल र अन्तरक्रियाका कार्यक्रमहरूले पार्टी गर्दै जाने तय भएको पुनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १४ : १४
लेखकबाट थप