नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

सफल खबर संवाददाता

शनिबार, १३ असोज २०८०, २१ : २१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

 काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेको छ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढेको छ।

प्रतिक्रिया दिनुहोस