नारायणगढमा अन्तर स्कूल फुटसल प्रतियोगिता हुँदै

सफल खबर संवाददाता

शनिबार, १३ असोज २०८०, १६ : ४२
नारायणगढमा अन्तर स्कूल फुटसल प्रतियोगिता हुँदै

चितवन। चितवन ११ फुटबल क्लब र सहिद स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रथम अन्तर स्कूल फुटसल प्रतियोगिता–२०८० हुने भएको छ । यही असोज १५ र १६ गते क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा प्रतियोगिता हुन लागेको हो ।

आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी लगभग पूरा भइसकेको जनाएको छ । क्लवका अध्यक्ष शुशिल कार्कीले चितवनका संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रतियोगितामा सहभागिता रहने बताए ।

प्रतियोगितामा दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । तर आर्थिक अवस्था कमजोर रहेका सामुदायिक विद्यालयहरुलाई दर्ता शुल्क निःशुल्क गरिएको क्लबले जनाएको छ।प्रतियोगिताको विजेताले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुनेले २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस