काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् एआईजी दीपक थापाले जानकारी दिए ।
चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।
उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो। तर उनले अटेरी गरेपछि पक्राउ गरेकाे एआईजी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, २२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक
अनमोल केसीले फिर्ता गरे १० लाख
अनमोल केसीलाई अदालत उपस्थित गराइँदै
अनमोल केसीलाई आज अदालत लाने तयारी
अनमोल केसी नर्भिक अस्पतालमा भर्ना
अब फिल्म अभिनयमा हतार नगर्ने अनमोल केसीको घोषणा