सिट्रोनको शोरुम अब कास्कीको पोखरामा

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १५ : १७
सिट्रोनको शोरुम अब कास्कीको पोखरामा

काठमाडौं। नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्स प्रालिले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ ।एसएसएल मोटर्स कम्पनी प्रालिले शुरू गरेको नयाँबजारको शोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडेलका गाडी बिक्रीका लागि राखिएको छ ।

 

यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीवार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।

 

सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ । पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनी सन् १९१९ मा टाईप ए १० एचपीबाट शुरू भई सन् १९२७ सम्म वार्षिक ५० हजारभन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको थियो ।

 

फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दीभन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ सिट्रोन इनोभेशन र कनेक्शनको  प्रतीक बनेको छ ।

सिट्रोन ईसीथ्रीमा २९.२ केडबल्यूएच ब्याट्री छ । जसले ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।

यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणीय अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस